इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबाद प्ले अफमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०८१, बुधवार

इन्डियन प्रिमियर लिगमा सनराइजर्स हैदराबाद प्ले अफमा प्रवेश

एजेन्सी,१९ कार्तिक। युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटमा सनराइजर्स हैदराबाद प्ले अफमा प्रवेश गरेको छ ।

सारजाहमा क्रिकेट मैदानमा मंगलबार राति भएको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्समाथि १० विकेटको सानदार जित निकाल्दै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।

हैदराबादको जितमा डेभिड वार्नर र रिद्दिमान शाहले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतकीय इनिङ्स खेले । वार्नरले अविजित ८५ रन बनाए भने शाहले ५८ रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो ।

मुम्बईका लागि केइरन पोलार्डले सर्वाधिक ४१ रन बनाए । यस्तै सूर्यकुमार यादबले ३६, इशान किसनले ३३, क्विन्टन डी ककले २५ रन बनाए । मुम्बईलाई सस्तैमा रोक्न हैदराबादका सन्दीप शर्माले ३ विकेट लिए । जासन होल्डर र साहबाज नादिमले २/२ विकेट लिए । जितसँगै हैदराबाद तेस्रो स्थानमा रहदै प्ले अफ स्थान बनाएको हो । हैदराबादले १४ खेलमा १४ अंक जोडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);