प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

काठमाडौं, १२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्कदैै छन् ।

उनी असोज ३ गते संयुक्त राष्ट्रसंघको ७२ औँ महासभामा भाग सहभागी हुन अमेरिकाको न्युयोर्क गएका थिए ।

प्रधानमन्त्री देउवा आज बेलुकी ७ बजे काठमाडौं आइपुग्ने उनका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री देउवाले राष्ट्रसंघको महासभालाई सम्बोधन बाहेक राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशसँग भेटवार्ता पनि गरेका थिए ।

 

न्यूयोर्कमा रहँदा देउवाले सार्क क्षेत्रका केही राष्ट्रप्रमुखसँग पनि भेटवार्ता गरेका थिए । देउवा नेपाल फर्कने क्रममा ओमानको समेत भ्रमण गरेका थिए ।

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);