आज आश्विन शुक्ल एकादशी, नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८१, शनिबार

आज आश्विन शुक्ल एकादशी, नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी

काठमाडौं, ११ कार्तिक । आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म जारी रहन्छ ।

नेपालीले आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्मको १५ दिन बडादशैँ पर्व भव्यरूपमा मनाउँछन् । आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक दशैँ घर वा पूजा कोठामा स्थापना गरिएको घडाको अभिषेकसहित टीका र जमरा लगाउने विजयादशमीका दिन बिहान देवी विसर्जन गरेपछि नै शुरु हुन्छ । यस वर्ष भने कोरोना भाइरसको संक्रमणका कारण मान्यजनबाट टीका लगाउन जानेको चहलपहल विगत वर्षमा जस्तौ छैन ।

नजिकको परिवारका सदस्यबीच टीकाटाला गरी यस वर्षको दशैँ मनाइँदैछ । यसैगरी आज पापाङ्कुशा एकादशीका रूपमा पनि मनाइँदैछ । आजको एकादशीका दिन व्रत बसेमा जानी नजानी गरेका पाप नाश हुने धार्मिक विश्वास छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);