काठमाडौं, ६ कार्तिक । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढेपनि काँठ क्षेत्रका किसानलाई धान थन्क्याउन भ्याई नभ्याई छ । कोरोना कहरकाबीच रोपेको धान भित्र्याउन संगै दशैको चचारोले उपत्यकाको काँठ क्षेत्रका किसानहरु दोहोरो हतारमा छन् ।
एकातर्फ कोरोनाको जोखिमसँगै पाकेको धान उठाउन हतार छ भने अर्कोतर्फ दशैं नजिकिएर पर्व मनाउने हतार छ । ललितपुरको दक्षिण क्षेत्रका किसान पनि त्यस्तै चटारोमा छन् ।
कोरोना संक्रमणको जोखिम भएपनि गाउँमा त्यसको असर नपरेकोले धान काटने काममा आफुहरु व्यस्त भएको किसानहरुको भनाई छ । काठमाडौं उपत्यकामा असारमा धान रोपेर कात्तिक भित्र थन्काईसक्ने चलन छ ।
उपत्यकामा चिसो छिटो बढ्ने र कात्तिकमा पानी परे धान भुईमा झरेर नष्ट हुने भएकाले पनि पाकेको धान हतार हतार उठाउने गरिन्छ ।