डा. केसीको अनशन स्थगित, माग सम्बोधन नभए पुनः बस्ने चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

काठमाडौँ, ११ असोज ।  वरिष्ठ चिकित्सक गोविन्द केसीले आफ्नो बाह्र्रौँ अनशन आज स्थगन भएको घोषणा गरेका छन् ।

सरकारले आफूहरुको माग विपरीत चिकित्सा शिक्षा ऐन ल्याएको भन्दै सोमबारबाट १२ औं पटक आमरण अनसन सुरु गर्नुपरेको डा. केसीले सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगित गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगित भएको विज्ञप्तिमा जनाएका छन् ।

उनले पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी समेत दिएका छन् । असोज ९ गतेको व्यवस्थापिका–संसदठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो जसमा डा केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत रहेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);