साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु, ४ जना घाइते

काठमाडौं, ६ कार्तिक । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो ।

दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरुको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);