सुर्खेतमा टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सुर्खेतमा टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते

काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ । दुर्घटना चालक सहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदम बहादुर रासकोटी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ बर्षीय गोपाल पुन र ४२ बर्षीया पुर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ । बेतनीबाट गुमीतर्फ आउदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे पल्टीएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);