अंग्रेजी बुझ्दिनन्, भाषण पनि रोमनमा गर्छिन् मन्त्री चौधरी
काठमाडौँ, ११ असोज । वातावरणमन्त्री मिथिला चौधरी मैथिली राम्रोसँग बोल्छिन् । नेपाली पनि बुझ्छिन्रबोल्छिन् । अंग्रेजी चाहिं फिटिक्कै बुझ्दिनन् । तिनै मन्त्री विदेश भ्रमण र विदेशमा अंग्रेजीमा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन मरिहत्ते गर्ने गरेकी छन् ।
मन्त्री बनेको दुई महिनापछि भदौमा उनी पहिलो विदेश भ्रमणका रूपमा थाइल्यान्ड गइन् । एसिया क्षेत्रका वातावरणमन्त्रीहरूको सम्मेलनमा सहभागी हुन त्यहाँ गएकी चौधरीलाई अंग्रेजी भाषा बाधक बन्यो । ‘भाषाको समस्याले कार्यक्रमबारे बुझ्ने अवसर नै पाइनँ,’ सोमबार उनले आफ्नै कार्यकक्षमा कान्तिपुरसित अनुभव सुनाइन्, ‘दोभासेको सहयोग भए पनि मन्त्रीहरूको छलफलमा भाग लिन सकिनँ ।’ उनले रोमनमा लेखिएको अंग्रेजीमा मन्तव्य दिइन् । एसिया क्षेत्रका वातावरणमन्त्रीमा महिलामन्त्री उनी एक्ली थिइन् ।
आजको कान्तिपुरमा प्रकाशित ।