भारत र चीनका सैन्य कमाण्डरबीच वार्ता हुँदै | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

भारत र चीनका सैन्य कमाण्डरबीच वार्ता हुँदै

एजेन्सी, २६ असोज । सीमा क्षेत्र पूर्वी लद्दाखमा जारी तनाव अन्त्यका लागि भारत र चीनका सैन्य कमाण्डरबीच आज वार्ता हुँदैछ । भारतीय संचारमाध्यमहरुका अनुसार दुवै देशका कुटनीतिज्ञसमेत सहभागी वार्ता पहिलो पटक हुन लागेको हो । वार्तामा चिनियाँ विदेश मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुने बताइएको छ ।

लद्दाखमा क्षेत्रमा जारी तनाव अन्त्यका लागि भन्दै यसअघि ६ पटकसम्म वार्ता भइसकेको छ । यसअघि २१ सेप्टेम्बरमा भएको छैटौँ वार्तामा भारतका तर्फबाट कुटनीतिज्ञ, विदेश मन्त्रालयका सहसचिवलगायत सहभागी भएका थिए ।

१० सेप्टेम्बरमा भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वाङ यी बीच मस्कोमा भेटवार्ता भएको थियो । भेटवार्तामा विभिन्न पाँचवटा बुँदामा सहमति भए पनि सीमा क्षेत्रमा तनाव जारी रहेको थियो ।

दुबै देशले एक अर्को देशका सैनिकले सीमा नियन्त्रण रेखा पार गर्ने गरेको आरोप लगाउँदै आएका छन् । यसअघि लद्दाखमा दुई देशका निशस्त्र सैनिकबीचको झडपमा भारतीय सैनिकका एक मेजरसहित २० सैनिकको मृत्यु भएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);