दाङ, २४ असोज । रुपन्देहीकी एक कोरोना संक्रमित महिलाको दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको छ । रुपन्देही तिलोत्तमा नगरपालिका ३ की ६६ बर्षीय महिलाको शनिवार बिहान ८ बजे मृत्यु भएको अस्पातलका व्यवस्थापक दोर्ण वलीले बताउनुभयो ।।
‘ उनीलाई थप उपचारको लागी भिम अस्पतालबाट रिफर गरिएर । राती साढे १० बजेतिर अस्पतालमा ल्याएको थियो,’ उहाँले भन्नुभयो,‘ करिब राती ११ बजेतिर आइसीयुमा राखेर उपचार गरिएको थियो । तर उनको बिहान मृत्यु भएको हो । ’ उनलाई उच्चरक्तचाप , सुगर रोगसंगै कोरोना संक्रमण भएको वलीले बताउनुभयो।
त्यसैगरी उनको शव व्यवस्थापनको लागी तयारी भइरहेको वलीले बताउनुभयो । अहिले अस्पतालकोआइसीयुमा २ जना र ७ जना जनरल बेडमा रहेको समेत उहाँले बताउनुभयो।