मोरङ, २३ असोज । कोरोना महामारीका कारण खस्किएको कृषि क्षेत्र अहिले पनि उक्सिन सकेको छैन । केही वर्ष यता पूर्वी तराईमा च्याउ खेतीप्रति किसानहरुको आकर्षण बढ्न थालेको थियो । तर महामारीका कारण अहिले उत्पादन समेत घट्न थालेको छ ।
मोरङको सुन्दरहरैचामा रहेको पूर्वी नेपालकै पहिलो व्यवसायिक च्याउ फार्मको उत्पादन घटेको छ । दैनिक ३५ सय पोका च्याउको बीउ उत्पादन गर्ने नेपाल व्रदर्श मसरुम एण्ड एग्रो रिर्सच प्रा.लिले अहिले दैनिक १५ सय पोका मात्र उत्पादन गर्न थालेको छ । महामारी भन्दा पहिलेको समयमा वार्षिक ४०-४५ लाखको च्याउ तथा च्याउको बीउ बिक्री हुने गरेकोमा अहिले मासिक १-२ लाखको मात्र च्याउको कारोबार हुने गरेको छ ।
च्याउको विऊ अन्य समयमा विभिन्न २२ जिल्ला सम्म विक्रीकालागि पुर्याउदै आएकोमा महामारी सुरु भएयता स्थानीय बजार भन्दा अन्य ठाउँमा बिउ पुर्याउन नसकिएको सञ्चालकको भनाई छ ।