चीनद्वारा ताइवानको विषयमा भारतीय मिडियालाई चेतावनी | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

चीनद्वारा ताइवानको विषयमा भारतीय मिडियालाई चेतावनी

एजेन्सी, २२ असोज । चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशितरप्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको छ । १० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेका थिए ।

भारतका लागि चिनियाँ राजदूत सन वेदोङ्गले नयाँदिल्लीस्थित चिनियाँ दूतावासद्वारा भारतीय सञ्चारमाध्यमहरुलाई सम्बोधन गर्दै बुधबार साँझ जारी एक विज्ञप्तिमा ताइवान चीनको अभिन्न अंग भएको हुँदा अलग राष्ट्रको सन्देश दिने किसिमका सामग्रीप्रति आपत्ती जनाएको हो ।

केही भारतीय टीभी च्यानलले त ताइवानको राष्ट्रिय दिवसमाथि विशेष कार्यक्रम नै प्रसारण गरेका थिए ।त्यसैगरी दूतावासले चीनसँग कूटनीतिज्ञ सम्बन्ध रहेका सबै मुलुकहरुले ‘एक चीन’ नीतिप्रतिको आफ्नो प्रतिबद्धताको दृढताका साथ सम्मान गर्न पनि सचेत गराएको छ ।

भारत सरकारले विगत लामो समयदेखि यही नीति अगींकार गर्दै आएको हुँदा भारतीय मिडिया पनि त्यसमा अडिग रहने र एक चीन नीतिको उल्लघंन नहुने अपेक्षा समेत दूतावासले गरेको छ ।

Leave a Reply