बेलबारी, २१ असोज । मोरङको सुन्दरहरैंचामा ७ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक बालक पक्राउ परेका छन् । जबरजस्ती करणी गर्न खोजेका आरोपमा सुन्दरहरैचाका १५ वर्षिय बालक पक्राउ परेका हुन ।
आफ्नै घरको आँगनमा खेल्ने क्रममा छिमेकी बालिकालाई बिस्कुट दिएर ललाई फकाई नजिकैको केराघारीमा लगेर जबरजस्ती करणी गर्न खोजेको भनि प्रहरीमा बालिकाका आफन्तले किटानि जाहेरी दिएका थिए ।
जबरजस्ती करणी गर्न खोजेपछि बालिकाले चिच्याइएकि थिईन । ति बालिका चिच्याएपछि छर छिमेकीहरुले देखेर परिवारलाई खबर गरेका थिए । पक्राउ परेका बालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय बेलबारी बुझाएको छ ।
जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख गुणराज बुढा थोकिले बताउनु भयो ।