वीरगञ्ज, २१ असोज । नागरिक समाज वीरगञ्जको आयोजनमा स्वास्थ्य एवम् शिक्षा क्षेत्रको बेतिथी र सुधारको लागि डाक्टर गोबिन्द केसीको १९औ सत्याग्रह र अनसनको समर्थनमा बुधबार घण्टाघरमा ऐक्यवद्धता जनाउदै धर्ना तथा प्रदर्शन गरिएको छ ।
प्रर्दशन कार्यक्रममा डा.केसिका माग पूरा गर, डा. केसिको जीवन रक्षा गर, डा. केसिको अनसन मेडिकल माफियालाई टेन्सन, कर्णालीमा अबिलम्ब एमबिबिएसको पढाइ सुरु गर, अख्तियार माथीको हस्तक्षेप बन्द गर, दलिय भागबन्डा बन्द गर, लुटतन्त्र बन्द गर लगायतका नारा अंकित बैनर सहित नारा पनि लगाएका थिए ।

धर्ना कार्यक्रममा डा. उदय नारायण सिंह, अधिवक्ता पन्नालाल पटेल, सामाजिक अभियन्ताहरु प्रकाश थारु, बृजेश्वर चौधरी, मनोज मिश्रा, लालबाबु सिंह, ओम प्रकाश सराफ, कमल चौगाइ, मोनिका सिंह, ज्योती साह, कन्हैया पटेल, मन्टु श्रेष्ठ, अबिनाश झा अभियन्ताहरु लगायत सहभागीता रहेको थियो ।
धर्ना कार्यक्रम डा.केसिको माग पूरा नहुन्जेल प्रत्येक दिन बिहान ७ बजे निरन्तर जारी रहने जनाईएको छ ।