१३२ तहको नतिजा सार्बजनिक, यी ४ तहको मत परिणाम आउन बाँकी (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

१३२ तहको नतिजा सार्बजनिक, यी ४ तहको मत परिणाम आउन बाँकी (सूचीसहित)

काठमाडौँ, १० असोज । १३६ स्थानीय तह रहेको प्रदेश नम्बर २ मा हालसम्म १३२ तहको चुनावी नतिजा सार्वजनिक भएको छ। अहिलेसम्म नेपाली कांग्रेसले सर्वाधिक ३८ तह जित्दै प्रदेश २ मा पहिलो बेनेको छ भने मत गणना एक तहमा अग्रता लिएको छ।

त्यस्तै २५ वटा स्थानीय तह जित्दै संघीय समाजवादी फोरम दोस्रो स्थानमा छन भने अहिले जारी मत गणनामा एक स्थानमा अग्रता रहेको छ। तेस्रोमा रहेको राजपाले २४ स्थानीय तह जितेको छ।

चौथोमा रहेको माओवादी केन्द्रले २१ स्थानीय तहमा बिजयी भएको छ भने एक स्थानमा आग्रता लिएको छ। पाचौं स्थानमा रहेको एमालेको १८ स्थानमा जीत र १ स्थानमा आग्रता रहेको छ। त्यस्तैगरी नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २, तथा नयाँ शक्तिले १ तह जितेका छन्।

 

मत गणना जारी रहेका तह

नेपाली कांग्रेस
देवदत्त बछारू – थारू प्रमुख बारागढी गाउँपालिका, बारा

संघीय समाजवादी फोरम
विजयकुमार सरावगी – वीरगञ्ज महानगरपालिका, पर्सा

नेकपा (एमाले)
बिनोद साह – कलैया उपमहानगरपालिका, बारा

नेकपा (माओवादी केन्द्र)
भिमराज यादव – राजविराज नगरपालिका, सप्तरी