रुपन्देही, १७ असोज । नेपाली कांग्रेसले भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा गरेकाे छ । आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएकाे छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे ।
कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ ।
आज राँके जुलुस, भाेली रुपन्देही बन्द तथा नेकपाका सांसदका घर अगाडी कालो झण्डा प्रर्दशन लगाएतका कार्यक्रमहरु गर्ने निर्णय भएकाे नगर सभापति खेलराज पाण्डेले बताउनुभयो ।