काठमाडौं, १६ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । ४ जना महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
भक्तपुरमा ६१ वर्षिया र ५१ वर्षिया, काठमाडौंमा ६७ र सुर्खेतमा ७५ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै मोरङमा २७ वर्षिय, ललितपुरमा ३२ र ७० वर्षिय, मकवानपुरमा ७६ वर्षिय पुरुषको मृत्यु भएको छ ।
रुपन्देहीमा ६० वर्षिय, बाँकेमा ५२ र ५९ वर्षिय पुरुषको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु भएको सँख्या ५ सय २० पुगेको छ ।