नेपालमा एकैदिन २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०८१, शुक्रबार

नेपालमा एकैदिन २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण

काठमाडौं, १६ असोज । नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च देखिएको छ । बिहीबार थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप २ हजार ७ सय २२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८२ हजार ७ सय ५० पुगेको छ ।

देशभरी सक्रिय संक्रमित २१ हजार २ सय ३४ जना रहेका छन् । आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय ७०, प्रदेश नम्बर २ मा ६ सय २९, बागमती प्रदेशमा ६ हजार ५ सय ११ र गण्डकी प्रदेशमा ५ सय ३३ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १ हजार ५१, कर्णाली प्रदेशमा ४ सय २५ र सुदूरपश्चिम प्रदेशमा ३५ गरी देशभरी ९ हजार ४ सय ७४ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ६७, प्रदेश नम्बर २ मा ६ सय , १२, बागमती प्रदेशमा ६ हजार ९ सय १८ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ९, कर्णाली प्रदेशमा २ सय ५९ र सुदूरपश्चिम प्रदेशमा ५ सय ६३ गरी ११ हजार ७ सय ६० जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । देशभरी २ सय १० जना आइसियु र २९ जना संक्रमित भन्टिलेटरमा उपचाररत रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);