बर्माका रोहिंग्या समुदाय नेपाल नआएको सरकारको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

मंसिर १२ २०८१, बुधवार

बर्माका रोहिंग्या समुदाय नेपाल नआएको सरकारको स्पष्टोक्ति

काठमाडौं, ९ असोज । सरकारले बर्माका रोहिंग्या समुदाय नेपाल भित्रिएको भन्ने पुष्टि हुने कुनै आधार नरहेको स्पष्ट पारेको छ । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले रोहिंग्या समुदायका ५ सय जना नागरिक नेपाल भित्रिएको भन्ने कुनै आधार सरकारसँग नभएको प्रष्टिकरण दिएका छन् ।

सोमबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उनीहरु नेपाल भित्रिएको हो वा होइन सरकारले छानवीनको कामलाई तीव्रता दिने उनले बताए । महानिर्देशक काफ्लेले तेस्रो मुलुकबाट भित्रिएका कुनै पनि नागरिकलाई नेपाल बस्ने अनुमति नभएको बताए ।

महानिर्देशक काफ्लेले देशको राष्ट्रिय सुरक्षाका दृष्टिले पनि विदेशी कुनै पनि नागरिकलाई नेपाल भित्राउन नमिल्ने बताए । पछिल्लो समयमा भारत हुँदै बर्माका करिव ५ सय नागरिक अवैध रुपमा नेपाल भित्रिएको चर्चा छ । यस सम्बन्धमा गृह मन्त्रालयले आवश्यक छानवीन गर्ने महानिर्देशक काफ्लेको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);