काठमाडौं, १२ असोज । आज ७ सय ४२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ हजार २६, प्रदेश नम्बर २ मा १३ हजार १ सय ७६, बागमती प्रदेशमा १५ हजार २ सय १५ र गण्डकी प्रदेशमा ३ हजार २ सय ८५ जना डिस्चार्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ४ सय ६७, कर्णाली प्रदेशमा २ हजार ८ सय ५५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ६ सय १६ गरी देशभरी ५४ हजार ६ सय ४० जना संक्रमित डिस्चार्ज भएका छन ।




