काठमाडौं, ९ असोज । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा महर्जनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना देखिएपछि महर्जन होम आइसोलेसनमा बस्नुभएको छ ।