काठमाडौं, ८ असोज । नेप्सेको कारोबार व्यवस्थापन प्रणाली टिएमएसबाट प्रभावितहरुको राफसाफ असोज ९ गते शुक्रबार हुने भएको छ ।
भदौ २५ र भदौ २८ गतेको २ बजेर १५ मिनेट अघिको कारोबारको राफसाफ शुक्रबार हुने भएको हो । उक्त दुई दिनको ४ हजार २ सय ९७ वटा कारोबारको राफसाफ बाँकी रहेको सीडीएसले जनाएको छ ।
दुई दिनको ६ सय ४० वटा कारोबार रद्द भएको सीडीएसले जनाएको छ । भदौ २५ गतेको २ बजेर १५ मिनेट पछिको १ अर्ब ९५ करोड रुपैयाँ बराबरको राफसाफ भदौ ३१ भएको थियो ।