काठमाडौँ, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको शान्ति प्रकिया दुई वर्षअघि संविधान जारी भएसँगै टुंगिएको बताएका छन् । उनले नेपाल अन्य द्वन्द्व ग्रस्त देशहरुका लागि उदाहरण बनेको समेत जनाएका छन् ।
राष्ट्रिय संघको महासभामा बोल्दै उनले हालै सम्पन्न स्थानीय तहको चुनावलाई महत्त्वपूर्ण उपलब्धिमुलक रहेका प्रादेशिक तथा केन्द्रीय चुनावको तयारी भइरहेको पनि उल्लेख गरेका थिए।
देउवाले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भएको उच्चस्तरीय भेटवार्तामा संविधान कार्यान्वयनमा प्रगति भइरहेको प्रसंग समेत उल्लेख गरेको उनको भ्रमणदलमा रहेका अधिकारीहरुले जानकारी दिएको बीबीसीले जनाएका छन् ।
२० सदस्य टोली सहित राष्ट्र सघंको ७२ औँ महासभाको लागि न्यु योर्क पुगेका देउवाले आतंकवादको जोखिमदेखि जलवायु परिवर्तन र राष्ट्रसंघको सुधार जस्ता मुद्दाहरुमा धारणा राखेका थिए।