अमेरिकी बमवर्षक विमान उत्तर कोरियाको सीमा क्षेत्रमा, अब के होला ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

अमेरिकी बमवर्षक विमान उत्तर कोरियाको सीमा क्षेत्रमा, अब के होला ?

असोज, ८ असोज । अमेरिकी बमवर्षक र युद्ध विमानहरु उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रमा शक्ति प्रदर्शन गर्ने उद्देश्यले उडाइएका छन्। २१ औं शताब्दीमा अमेरिकी युद्ध विमान या बमवर्षक विमान उत्तर कोरियाको त्यति नजिक पुगेको यो पहिलो पटक हो।

प्योङयाङको आणविक कार्यक्रमका कारण हालैका दिनमा तनाव चुलिएको छ। संयुक्त राष्ट्र संघमा कोरियाका विदेश मन्त्रीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ‘आत्मघाती’ लक्ष्य लिएको बताए। विदेश मन्त्री रि योङ होले राष्ट्र संघको महासभामा दिएको भाषण राष्ट्रपति ट्रम्पकै नक्कल जस्तै थियो किनभने राष्ट्रपति ट्रम्पले गत मंगलबार राष्ट्र संघलाई संबोधन गर्दै कोरियाली नेता किम जङ अनलाई ‘आत्मघाती लक्ष्य लिएको रकेट मान्छे’ भनेका थिए।

विदेश मन्त्री रिले ट्रम्पले आफूहरुको ‘अपमान’ गरेको उल्लेख गर्दै भने, ‘मानसिक विचलन भएका ट्रम्पले पछाडि फर्कनै नसक्ने किसिमको गल्ती गरेका छन् जसले गर्दा उत्तर कोरियाली रकेट अमेरिकी मुल भूमिमा पुर्याउनु अपरिहार्य बनेको छ।’

विदेश मन्त्रीले थपे, ‘ट्रम्पले उनको भाषणको महँगो मूल्य चुकाउनुपर्नेछ।’ ट्रम्पले आफू र आफ्ना समर्थक मुलुकहरुलाई खतरा पुर्याए उत्तर कोरिया पूर्ण रुपमा ध्वस्त बनाउने बताएका थिए। उत्तर कोरियाली विदेश मन्त्रीको भाषण आउनु केही अघि पेन्टागनले शक्ति प्रदर्शन गर्ने घोषणा गरेको थियो।

पेन्टागनले जारी गरेको विज्ञप्तीमा भनिएको छ। ‘यो शक्ति प्रदर्शन कुनै पनि खतरा परास्त गर्न राष्ट्रपति ट्रम्पसँग कैयौं सैन्य उपाय छन् भन्ने देखाउने लक्ष हो।’ ‘सैन्य शक्ति पूर्ण क्षमतामा प्रयोग गरेर हाम्रो र हाम्रा सहयोगीहरुको भूमि सुरक्षा गर्न हामी तम्तयार छौं।” बमवर्षक र युद्ध विमान अमेरिकी क्षेत्र गुआम र ओकिनावा जापानबाट उडेको बीबीसीले जनाएको छ।