सोमबार सुनचाँदीको भाउ स्थिर | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

सोमबार सुनचाँदीको भाउ स्थिर

today gold rate in enepal

काठमाडौं, २२ भदौ । सोमबार सुन तथा चाँदीको भाउ स्थिर रहेको छ । लगातार चार दिन घटेको सुनको भाउ सोमबार भने स्थिर रहेको हो । यस दिन छापावाला सुन प्रतितोला ९६ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चार दिनयता सुन तोलामा दुई हजार ३०० रुपैयाँले घटेको थियो । अघिल्लो साताको मंगलबार भने सुन ९८ हजार ४०० रुपैयाँसम्म पुगेको थियो । यसैगरी, चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । सोमबार चाँदीको लागि निर्धारण गरिएको मूल्य प्रतितोला एक हजार ३२० रुपैयाँ रहेको छ । गत मंगलबार प्रतितोला एक हजार ३९५ सम्म पुगेको चाँदीको मूल्यमा त्यसयता भने सामान्य घटबढ देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);