क्रिष्टल प्यालेसलाई ५ गोल वर्षाउँदैै म्यानचेस्टर सिटी विजयी | ईमाउण्टेन समाचार

Our Network

फागुन ८ २०८२, शनिबार

क्रिष्टल प्यालेसलाई ५ गोल वर्षाउँदैै म्यानचेस्टर सिटी विजयी

काठमाडौँ, ८ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई ५-० ले हराउँदै म्यानचेस्टर सिटी विजयी भएको छ।

शनिबार राति भएको खेलमा प्यालेसलाई सिटीले हराएको हो। सिटीको जितमा रहिम स्ट्रर्लिङले दुई तथा लिरोय साने, सर्जियो अग्यु्रो र फाबियन डेल्फले एक एक गोल गरे। ४४ औं मिनेटमा सानेले गोल गर्दै सिटीलाई सुरुवाति अग्रता दिलाएका हुन्।

दोस्रो हाफमा सिटीले थप चार गोल गर्‍यो । ५१ र ५९ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेपछि सिटीको अग्रता ३-० मा पुग्यो । ७९ औं मिनेटमा अग्युरो र ८९ औं मिनेटमा डेल्फले गोल गर्दै सिटीलाई ५-० को जित दिलाए । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६ खेलबाट १६ अंक भएको छ। समान १६ अंक भएको म्यानचेस्टर युनाइटेड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ।

राति नै भएको खेलमा वाट्फोर्डले स्वान्सी सिटी तथा एभर्टनले बोर्नमाउथलाई समान २-१ ले हरायो।