यु-१८ साफ च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई २-० ले हरायो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, असोज ६ । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले माल्दिभ्सलाई २–० ले हराएको छ।शुक्रबार भएको खेलमा नेपालका लागि सात मिनेटमै रोमन लिम्बूले र ५७औं मिनेटमा रेजिन सुब्बाले गोल गरेका थिए।

नेपाल पहिलो खेलमा घरेलु टोली भुटानसँग १-० ले पराजित भएको थियो। नेपाल, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरी प्रतियोगितामा ५ राष्ट्र सहभागी छन् । ‘राउन्ड रोबिन’ लिगको आधारमा हुने प्रतियोगिताको अंकतालिकामा शीर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ। नेपालले अब आगामी सोमबार बंगलादेशसँग खेल्नेछ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);