काेराेना संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेश गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काेराेना संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेश गर्ने

काठमाडाैं,२१ भदाै। बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोरोना भाईरस संक्रमणको रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्ने विषय समावेश गर्ने गरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ ।

समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसख्या मन्त्रालय र सरोकारवाला पक्ष सहितको समिति गठन गर्न लागिएको बताउनुभयो । सोही समितिले दिएको सुझावका आधारमा ‘‘कोरोना बीमा मापदण्ड, २०७७’’ संशोधन गरिने पनि चापागाइँले उल्लेख गर्नुभयो ।

उहाँले भदौ २१ गते आइतबार सम्ममा बीमा कम्पनीहरुमा प्राप्त भएका सबै दाबीहरु मध्ये नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका निकायहरुबाट पीसीआर परीक्षण प्राप्त भएका दाबीहरुलाई सात दिन भित्र भुक्तानी दिने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो ।

समितिले निजी प्रयोगशालाहरुबाट प्राप्त दाबीहरुको सम्बन्धमा अध्ययन पछि मात्र भुक्तानी सम्बन्धि निर्णय गर्ने अध्यक्ष चापागार्इँले स्पष्ट पार्नुभयो । बीमा समितिबाट जारी भएको हालको ‘‘कोरोना बीमा मापदण्ड, २०७७’’ संशोधन नहुन्जेल सम्मका लागि बीमितहरुलाई सरकारी प्रयोगशालामा मात्र पीसीआर परीक्षण गर्न अनुरोध समेत गरिएको अध्यक्ष चापागाईंले बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);