ब्राजिलमा महिला र पुरुष खेलाडीलाई सुविधा बराबर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

ब्राजिलमा महिला र पुरुष खेलाडीलाई सुविधा बराबर

एजेन्सी, १८ भदौ । ब्राजिली फुटबल संघले राष्ट्रिय महिला टिमका खेलाडीलाई समेत पुरुष सरहको सेवा सुविधा दिने भएको छ । ब्राजिलले अन्तराष्ट्रिय प्रतियोगिताको दौरान सबै फुटबल खेलाडीको दैनिक भत्ता तथा पुरस्कार रकम बराबर गर्ने भएको हो । यसबर्षको मार्चबाट सो निर्णय कार्यान्वयनमा आएको ब्राजिल फुटबल संघले जनाएको छ ।

सघका अध्यक्ष रोजरिया काबोकोले संघले गरेको निर्णय अन्तराष्ट्रिय प्रतियोगिताहरु विश्वकप र ओलम्पिकमा समेत लागू हुने बताएका छन् । अष्ट्रिया, नर्वे तथा न्युजिल्याण्ड सहितका धेरै देशले महिला तथा पुरुष खेलाडीलाई समान तलब सुविधा उपलब्ध गराउँदै आएका छन् । ब्राजिली महिला टिमले मार्चयता कुनै खेल खेलेको छैन । कोरोना भाईरसको महामारीका कारण अन्तराष्ट्रिय प्रतियोगिता स्थगित हुँदा राष्ट्रिय टिमले कुनै प्रतिस्पर्धा गर्न नपाएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);