नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गोपालमान श्रेष्ठले सभापति उम्मेदवारको घोषणा | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८१, सोमबार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गोपालमान श्रेष्ठले सभापति उम्मेदवारको घोषणा

काठमाडौं , १५ भदौ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिंदै गर्दा पार्टी भित्र क्रियाशील सदस्यता वितरण तथा विभाग गठनमा एकलौटी भएको भन्दै विवाद चर्किएको छ । पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरहरु अहिले असन्तुष्ट मात्र होइन, सशक्त विरोध गर्ने तयारीमा देखिएका छन् । यसको लागि गुटगत भेला र बैठक जारी छ ।

पार्टी भित्रै विरोधका बाबजुद कांग्रेस संस्थापन पक्ष भने फागनुमै महाधिवेशन गर्ने गरी तयारी अघि बढेको नेपाली कांग्रेसका नेता एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ बताउनु हुन्छ । श्रेष्ठले पार्टीलाई विधि अनुसार चलाउन र नीति प्रधान बनाउन आफूले सभापतिमा उम्मेदवार हुने निर्णय गरेको पनि बताउनु भएको छ । कांग्रेस नेता गोपालमान श्रेष्ठसँग कांग्रेसका भावी महाधिवेशनबारे गरिएको अन्तर्वार्ता ।


प्रश्न : कांग्रेसको १४ औं महाधिवेशन आगामी फागुनमा हुन्छ ?
उत्तर : हुन्छ । त्यही तयारीमा लागेका छौं । विभागको जिम्मेवारी पनि तोकिएको छ । तयारी हुँदैछ ।
प्रश्न : वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले त विरोध जनाएका छन नि ?
उत्तर : महाधिवेशनको निर्वाचनमा हार्ने अनि निर्वाचितलाई काम गर्न नदिन पाइन्छ र ? प्रजातन्त्रमा फरक विचार राख्न पाइन्छ तर निर्वाचितलाई कामै गर्न नदिने भन्ने हुन्न । हामी महाधिवेशनको तयारीमा छौं ।
प्रश्न : महाधिवेशनमा त एक सभापति पदको लागि अहिले ११ आकांक्षी देखिएका छन नि ?
उत्तर : यो विस्तारी छांटिदै जान्छ । मैले सभापतिको उम्मेदवार बन्ने निर्णय गरेको छु । मेरो नाममा सर्वसम्मत हुन्छ भन्ने विश्वास छ । सभापति देउवाले मलाई सहयोग गर्नुहुन्छ । मैलै पनि उहाँलाई विगतमा धेरै सहयोग गरेको छु ।
प्रश्न : धेरै पटक मन्त्री हुनु भयो । तर तपाईलाई त मन्त्री हुँदा राम्रो काम नगरेको आरोप छ नि ?
वन मन्त्री हुँदा डिएफओ सरुवा गर्दा, शिक्षा मन्त्री हुँदा कलेजलाई सम्बन्धन दिंदा भनेर ।
उत्तर : यो म विरुद्धको षडयन्त्र हो । चुनावको मुखैमा यस्तो समाचार निकालेर नचाहिंदो अफवाह फैलाईयो । ४ पटक मन्त्री हुन्दा मैले राष्ट्रको लागि राम्रो निर्णय गरेको छु ।
विस्तृत अन्तर्वाता भिडियोमा हेर्न सक्नुहुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);