काठमाडौं,१५ भदाै । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि अहिलेसम्म निषेधाज्ञा उलंघन गर्ने ११ हजार ७ सय भन्दा बढी सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् ।
भदौ तीन गतेबाट हालसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ । अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक रुपमा घर बाहिर निस्किनेहरुको संख्या भने कम रहेको ढकालको भनाई छ ।
निषेधाज्ञामा प्रशासनले स्वास्थ्य,सुरक्षा, सञ्चारमाध्यम,खाद्यान्न, तरकारी, फलफुल खानेपानी, दुध,इन्धन,ग्यास लगायतका सवारीलाई निर्वाध रुपमा सञ्चालन हुन दिएको छ।