बारा, १५ भदाै । बारामा सशस्त्र प्रहरीले गएराती १८० केजी गाँजासहित एक कारलाई नियन्त्रणमा लिएको छ । जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ९ श्रीपुर मुसहर्ना स्थित सिम्रनगढ जाने बाटोमा विशेष सूचनाको आधारमा चेक जाँच गर्दा कारमा प्याक गरेर लैजान लागिएको १ सय ८० केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
जाँच गर्ने क्रममा प्रदेश नम्बर ३ ०२२ च ८१३४ नम्वरको डटसन कारमा प्लाष्टिकले बेरेर पोका पारिएको २० केजीको ७ पोका , १० केजीको ४ पोका गरी जम्मा १ सय ८० केजी गाँजा र कार सहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरीको १२ नम्बर गणले जानकारी दिएको छ ।