बाग्लुङ, १३ भदौ । सरकारले धौलागिरी अस्पताल बाग्लुङलाई पीसीआर मेशीन खरिद गर्न एक करोड निकासा गरेको छ । गण्डकी प्रदेशको धौलागिरी अस्पताल बाग्लुङमा कोरोना भाइरस परीक्षणका लागि मेशीन खरिदका लागि बजेट उपलब्ध भएको हो ।
सरकारले घोषणा गरेको दुई महिनापछि बजेट निकासा भएको अस्पतालले बताएको छ । पीसीआर मेशीन व्यवस्थितका लागि करिब १ करोड ५० लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ । प्राप्त बजेटले मेशीन खरिदको प्रक्रियालाई अघि बढाइने भएको हो ।