न्यूजिल्याण्डमा ५१ जना मुस्लिमको हत्या गर्ने आक्रमणकारीलाई जन्मकैद | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

न्यूजिल्याण्डमा ५१ जना मुस्लिमको हत्या गर्ने आक्रमणकारीलाई जन्मकैद

एजेन्सी, ११ भदौ । न्यूजिल्याण्डको क्राइस्टचर्चका दुई मस्जिदमा ५१ जनाको ज्यान लिने गरी आक्रमण गरेका ब्रेन्टन टारान्टलाई जेलबाट बाहिर आउन नपाउने गरी जन्मकैदको सजाय भएको छ । बिहीबार न्युजिल्याण्डको अदालतले ब्रेन्टन टारान्टलाई आजिवन जेलसजायको फैसला गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सन् २०१९ मो मार्चमा क्राइस्टचर्चका दुई मस्जिदमा आक्रमण गर्दा ५१ जना मुस्लिमको मृत्यु भएको थियो । आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रशारण समेत गरेका थिए । अदालतले २९ वर्षे ब्रेन्टन टारान्टलाई दिइने सजायको सुनुवाईपछि मृत्युअघि छुट्न नपाउने गरी जन्मकैदको फैसला गरेको हो ।

न्यूजिल्याण्डको इतिहासमा यस्तो सजाय पाउने टारान्ट पहिलो व्यक्ति हुन् । अस्ट्रेलियाको न्यू साउथ वेल्सका स्थायी बासिन्दा टारान्ट हत्या प्रयासका ४० तथा एउटा आतंकवादको मुद्दामा दोषी ठहर भएका हुन् ।

चार दिनको सुनवाईपछि फैसला सुनाउँदै न्यायाधीशले ब्रेन्टनको कार्य अमानवीय रहेको र उनले कुनै पनि दया नदेखाएको बताएका छन् । सुनुवाइका क्रममा टारान्टले सबै आरोप स्विकार गर्दै अर्काे मस्जिदमा समेत आक्रमणको योजना विफल भएको बयान दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);