बाढीले पुल बगाएपछि तुइनकै भर... | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

बाढीले पुल बगाएपछि तुइनकै भर…

बाजुरा, ११ भदौ । साँफे मार्तडीसडक खण्डको बेलिव्रिज र झोलङ्गे पुल बाढीले बगाएपछि अहिले बाजुराबासी तुुइनबाट नदी तर्न बाध्य भएका छन् । गएको श्रावण २५ मा बुढीगंगा नदीमा आएको बाढीले साँफे मार्तडी सडक खण्ड अन्तर्गत रहेको बोलिब्रिजसंगै झोलुङ्गे पुल बगाएको छ । पुल बाढीले बगाएपछि बाजुराका स्थानीलाई आवातजावत गर्न कठिन भएको हो । पुल बाढीले बगाएपछि बाजुराका स्थानीय दैनिक तुइनको जोखिममा सदरमुकाम आउजाउ गर्न बाध्य छन् ।

बाढी पुल बगाएपछि स्थानीयले तुइन आफै निर्माण गरेका हुन् । पुलको विकल्पमा बाजुरावासी दैनिक ज्यान जोखिममा राखेर नदी वारपार गर्न बाध्य छन् । तुइनमा यात्रा गर्दा स्थानीयमा बुढिगंगा नदीमा खसिने पो हो कि भन्ने डर उत्तिकै छ । सडकमा पुल पुर्ननिर्माणसम्म तुइनको विकल्प छैन ।

बाढीले पुल बगाएको लामो समय भैसकेको छ । पुल पुनः संचालनमा ल्याउन स्थानीय सरकार, सडक डिभिजनका जिम्मेवारहरु बेखबर छन् । अवरुद्ध सडक तथा पुल सुचारुका लागि कतैबाट कुनै पहल नहुँदा बुढीगंगा नदीमा तुइनमा चढ्नुको स्थानीयसंग विकल्पै छैन सर्वसाधारण बुढीगंगाको बहावमाथि तुइनमा झुण्डिएर वारपार गरिरहेका छन् । यद्यपी स्थानीय सरकारले तत्काल समस्याको समाधान गर्ने आश्वासन दिदै आएको छ ।

बाढी पहिरोकै कारण साँफे मार्तडीसडक असार २३ गतेबाट पूर्ण रुपमा अवरुद्ध छ । जसका कारण सदरमुकाम मार्तडीसम्म आवत जावत गर्न समस्या भईरहेको छ । सडक विभागले पनि सडक अवरुद्ध भएको यति लामो समय हुँदा सम्म पनि बेवास्ता गरिरहेको छ । सडक लामो समयदेखि अवरुद्ध हुँदा स्थानीय प्रशासन समेत मौन छ । जिम्मेवारहरुको बेवास्ताले वर्षातमा सर्वसाधारणको आवातजावत जोखिम बन्दै गएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);