समुद्री तटीय राज्यमा आएको आँधीका कारण २० जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

समुद्री तटीय राज्यमा आएको आँधीका कारण २० जनाको मृत्यु


एजेन्सी,११ भदाै । अमेरिकाको समुद्री तटीय राज्यहरुमा आएको आँधीका कारण २० जनाको मृत्यु भएको छ ।लौरा ब्यारेल नामको आँधी क्युबा र मेक्सिको हुँदै टेक्सस र लुदियानामा प्रवेश गरेपछि उक्त संख्याका मानिसहरुको मृत्यु भएको हो भने हजारौं मानिस विस्थापित भएका छन् ।

आँधी अघि बढेसँगै त्यस क्षेत्र वरपरका सर्वसाधारणलाई आ–आफनो घर खाली गर्न आदेश दिइएको छ भने ती राज्यहरुमा आपतकाल घोषणा गरिएको छ । भारी वर्षापछि आएको आँधीले अधिकांश घरहरु नष्ट गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो क्षेत्रका बासिन्दका लागि राहत प्याकेजको घोषणा गर्न सम्बन्धित निकायलाई अपील गर्नुभएको छ । यसबीच टेक्सस राज्यका ३ लाख ८५ हजार सर्वसाधारण सुरक्षित स्थानतर्फ सर्न आदेश दिइएको छ ।

Leave a Reply