सुरक्षाकर्मीहरूले नागरिकलाई अमानवीय व्यवहार गरेको प्रति नेपाल बार एसोसियसनको आपत्ती | ईमाउण्टेन समाचार

Our Network

फागुन २५ २०८२, मंगलबार

सुरक्षाकर्मीहरूले नागरिकलाई अमानवीय व्यवहार गरेको प्रति नेपाल बार एसोसियसनको आपत्ती

काठमाडौं, ६ भदौ । निषेधाज्ञा अवज्ञा गरेको भन्दै सुरक्षाकर्मीहरूले नागरिकलाई अमानवीय काम गरेको प्रति नेपाल बार एसोसियसनले आपत्ती जनाएको छ । शनिवार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा उल्लंघन गरेको भन्दै नागरिकलाई सुरक्षाकर्मीले घण्टौंसम्म बाटोमा उभ्याउने, कान समाती उठबस गर्न लगाउने जस्ता अमानवीय व्यवहार देखाएको भन्दै आपत्ति जनाएको हो ।

निषेधाज्ञा उल्लंघन गरेको भन्दै सार्वजनिक सडकमा खटिएका सुरक्षाकर्मीहरूले आम नागरिकहरूलाई पक्राउ गरी घण्टौंसम्म बाटोमा उभ्याउने, कान समाति उठबस गर्न लगाउने, विभिन्न आसनमा हिँडाउने जस्ता गैरकानूनी र अमानवीय कार्यहरु प्रति यो समितिको गम्भीर ध्यानाकर्षण हुनुका साथै सुरक्षाकर्मीहरूबाट भइरहेको उल्लेखित कामहरू नागरिकको सम्मानपूर्वक बाँच्न पाउने हक विपरित चरम अमानवीय रहेको भन्ने यो समितिको ठहर छ ।

Leave a Reply