एजेन्सी, ६ असोज । पछिल्लो समय ऋतिक रोशन फिल्ममा भन्दा उनको आफ्नै ब्राण्ड एच आर एक्सको प्रमोशनमा व्यस्त देखिन्छन् । उनले पछिल्लो समय अभिनय गरेको फिल्म काबिल ले ठिकठाक कमाई गरेको भएपनि उनी प्रतिको फ्यानको क्रेज अनि प्रतिष्ठा घटेको छैन ।
हालै उनलाई इन्डियाको एक फिट्नेस कम्पनीले महंगो रकम तिरेर ब्राण्ड एम्बेस्डर बनाएको छ । उनलाई भारु १०० करोड तिरेर सो कम्पनीले ब्राण्ड एम्बेस्डर बनाएको हो । ऋतिकले गरेको सम्झौता अहिले सम्मकै ठुलो र महंगो सम्झौता रहेको भारतीय मिडियाहरुले जनाएका छन् ।
ऋतिक रोशन होम प्रोडक्सन फिल्म क्रिश ४ मा चाँडै दर्शक माझ ल्याउने तयारीमा छन् ।