काठमाडौं , ६ असोज । एएफसी अन्डर १६ च्याम्पियनसिप अन्तर्गत छनोट चरणमा भएको नेपाल र भारतबीचको खेल २-२ गोलको बराबरीमा टुगिंएको छ ।
नेपालकालाई पहिलो हाफसम्म बिर्जेशले दुई उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका थिए भने दोस्रो हाफमा मैदान प्रवेश गरेका भारतीय खेलाडी हर्प्रितले भारतका लागि दुई गोल गरेका थिए । करिब एक महिना अघि साफ च्याम्पियनसिपमा भारतसँग दुई पटक पराजित भएको नेपाली टोलीले बराबरी अकं बाँडेको हो ।
बराबरीसँगै भारत दुई खेलमा ४ अंक सहित समूहको दोस्रो स्थानमा छ भने पहिलो अंक बटुलेको नेपाल तेस्रो स्थानमा छ । यसअघिको खेलमा प्यालेस्टाइनलाई ४-० ले हराएको इराक समूहको शिर्षस्थानमा छ ।
तस्विर : विवेक सुवेदी / हाम्रो खेलकुद