काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपरान्ह साढे ४ बजे ३.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दू ललितपुरको बंगलामुखी मन्दिर आसपास रहेको केन्द्रले जनाएको छ।




