प्रिमियर लिगमा बढुवा हुन फुल्ह्याम र ब्रेन्टफोर्ड भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २३ २०८२, आइतबार

प्रिमियर लिगमा बढुवा हुन फुल्ह्याम र ब्रेन्टफोर्ड भिड्दै

fulham-brentford

एजेन्सी , २० साउन । इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि आज च्याम्पियनसिपको प्ले अफ खेल हुँदैछ । प्ले अफमा दुई लण्डन क्लब फुल्ह्याम र ब्रेन्टफोर्ड भिड्ने छन् । खेल नेपाली समय अनुसार राति साढे १२ बजे सुरु हुनेछ ।

वेम्बलीमा दुवै टिम जित निकाल्दै प्रिमियर लिगमा बढुवा हुने दाउमा हुनेछन् । फुटबलकै सबैभन्दा महँगो खेलको रुपमा लिइएको यो प्रतिस्पर्धा जित्ने टोली इंग्लिस प्रिमियर लिगमा बढुवा हुन्छ नै साथै २० करोड अमेरिकी डलर बढी भित्र्याउन सफल हुनेछ ।

यस खेल जित्ने टोलीले प्रिमियर लिगमा टेलिभिजन प्रसारण र प्रायोजनबाट २० करोड डलरभन्दा बढी पाउनेछ । पराजित हुने टोलीले कुनै रकम पाउने छैन साथै फेरि दोस्रो डिभिजनमै खेल्नु पर्नेछ । गत सिजन रेलिगेसनमा परेको फुल्ह्यामले दोस्रो डिभिजनको च्याम्पियनसिपको चौथोमा रहदै प्ले अफ खेल्न पाएको हो । त्यसैले ब्रेन्टफोर्डलाई हराएर पुन प्रिमियर लिग खेल्न चाहन्छ ।

लामो समय दोस्रो डिभिजनमा रहेको ब्रेन्टफोर्ड तेस्रो भएको थियो । ब्रेन्टफोर्ड पछिल्लो ७३ वर्षपछि पहिलो पटक शीर्ष डिभिजनमा बढुवाहुने दाउमा छ । यस सिजनमा लिड्स र वेस्ट ब्रुम भने शीर्ष दुईमा रहेर प्रिमियर लिगमा बढुवा भईसकेका छन् ।