राखेप सदस्य सचिव सिलवाल | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

राखेप सदस्य सचिव सिलवाल

काठमाडौं, १९ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपमा नियुक्त भएका पदाधिकारीहरुलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबहरुलाई मैदान उपलब्ध गराउने बताउनुभएको हो ।

उहाँले एन्फाले सूचना दिए काठमाडौं उपत्यका भित्र वा नजिकै कुनैपनि ठाउँमा खेल मैदान उपलब्ध गराउने बताउनुभयो । फुटबलको विकास कसरी गर्ने भन्ने कुरामा राखेप र एन्फाले संयुक्त रुपमा काम गर्नुपर्नेमा सिलवालले जोड दिनुभयो । खेलाडिसँग सम्भावना भएको तर म्याच एक्सपोजरको अभाव भएकोले त्यसका लागि राखेपले सघाउने प्रतिवद्धता जनाउनुभयो ।

खोलाडिको क्षमता विकासका लागि राम्रो प्रशिक्षण र राम्रो टुर्नामेन्टको जरुरत रहेको भन्दै त्यसका लागि काम गर्नु नै अहिलेको आवस्यकता रहेको बताउनुभयो । आगामी दशैं अगाडि विश्वकप क्वालिफाई खेल लगायतका ३ वटा महत्वपूर्ण प्रतियोगिता हुने र त्यसमा राम्रो गर्न सके अन्तर्राष्ट्रिय रुपमा नै नेपालको फुटबलको चर्चा हुने बताउनुभयो ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबललाई व्यवसायीक रुपमा विकास गर्दै लैजान सरकारले एन्फालाई आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय खेलकुद परिषद् मार्फत आर्थिक सहयोग उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सरकारले कम्तिमा पनि तीन देखि चार वर्षका लगानी गरेमा नेपालको फुटबल व्यवसायीक रुपमा अगाडि बढन सक्षम बन्ने बताउनुभयो ।

लिगलाई तीन महिना भन्दा बढी समय सञ्चालन गर्न र थप व्यवस्थित बनाउन पनि सरकारको लगानी हुनुपर्ने बताउनुभयो । अहिले कतिपय ‘ए’ डिभिजन क्लबका आफ्नै खेल मैदान नभएकाले राखेपले उपलब्ध गराउनेमा आफु विश्वस्त रहेको शेर्पाले बताउनुभयो ।

लकडाउनका कारणले अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सबै लिग रोकिएका छन् । यसका साथै अन्तर्राष्ट्रिय स्तरमा हुने विभिन्न प्रतियोगितामा समेत खेलाडिहरु जान पाएका छैनन् । त्यस्तै एन्फाले आगामी भदौ १ गतेबाट खेलाडिहरुलाई बन्द प्रशिक्षण गराउने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);