सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको कति ?

gold and silver

काठमाडौं, १६ साउन । नेपाली बजारमा सुनको मूल्य दैनिक आकाशीदै गएको छ । शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयामा कोरोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९९ हजारमा कारोबार भएको सुन शुक्रबार ९९ हजार तीन सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो । त्यसैगरी शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भएको छ । चाँदीको भाउ भने बिहीबारको तुलनामा शुक्रबार २५ रुपैयाले घटेर प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

बिहीबार चाँदी १हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको भाउ दैनिक उकालो लागेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १९ सय ६८ अमेरिकी डलरमा कारोबार भएको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेकाले त्यसको असर नेपालमा पनि देखिएको महासंघले जनाएको छ । नेपाली बजारमा बढ्दो मूल्यका कारण सुन किन्ने भन्दा बिक्री गर्ने ग्राहक बढेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);