बारा, १५ साउन । बारामा सार्वजनिक स्थलमा मास्क नलगाई हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । मास्क नलगाउनेलाई बारा प्रहरीले नियन्त्रणमा लिनुका साथै जरिवाना समेत गर्ने गरेको हो प्रहरीले हाल सम्म १ हजार ९ सय ३३ जनालाई कारवाही गरिसकेको जिल्ला प्रहरी कार्यालय कलैयाले जनाएको छ ।
मास्क नलगाई बजार क्षेत्रमा निस्कनेहरुलाई जनही १ सय रुपैयाँ जरिवाना गर्नुका साथै प्रहरीले २ हजार भन्दा बढीलाई माक्स समेत बितरण गरेको छ ।
मास्क नलगाई हिड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारवाही गर्नेगरी गृह मन्त्रालयले परिपत्र गरे अनुसार कारवाही गर्ने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गृह मन्त्रालयले असार २२ गते माक्स नलगाई घर बाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।