अमेरिकाले जर्मनीमा तैनाथ १२ हजार सेना फिर्ता गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार ६ २०८१, बुधवार

अमेरिकाले जर्मनीमा तैनाथ १२ हजार सेना फिर्ता गर्ने

us air force

एजेन्सी , १५ साउन । अमेरिकाले युरोपमा तैनाथ अमेरिकी सेनाको रणनिती बदल्ने र जर्मनीमा तैनाथ गरिएका १२ हजार अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्मनीमा रहेका ६ हजार ४ सय सेनालाई अमेरिका फिर्ता लग्ने र बाँकीलाई उत्तर एटलान्टिक सैन्य संगठन नेटो अन्तर्गतको बेल्जियम र इटलीमा तैनाथ गर्ने निर्णय गर्नुभएको हो ।

जर्मनीले नेटोको लक्ष्य अनुरुप रक्षा खर्चमा असफल भएको टिप्पणी गर्दै ट्रम्पले जर्मनीबाट सेना फिर्ता गर्ने निर्णय गर्नुभएको ह्वाइटहाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले नेटोका सदश्य राष्ट्रहरुले प्रतिरक्षाका लागि खर्च गर्न अन्य नेटो सदस्य राष्ट्रहरु समेत असफल भएको आरोप लगाउनु भएको छ । अमेरिकाको यो कदम प्रति भने जर्मनीका उच्च अधिकारीहरु भने चिन्तित रहेको अन्तर्राष्ट्रिय समाचारमाध्यमहरुले जनाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);