इराकमा सरकारविरुद्ध प्रदर्शन हिंसात्मक बन्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

इराकमा सरकारविरुद्ध प्रदर्शन हिंसात्मक बन्दै

एजेन्सी,१४ साउन । इराकमा भइरहेको सरकारविरुद्ध प्रदर्शन हिंसात्मक बन्दै गएको छ । भ्रष्टचार, बेरोजगारी साथै सामान्य सेवा सुविधाको अभाव भएको भन्दै केही समयदेखि इराकीहरु सडक संघर्षमा उत्रेसँगै प्रदर्शनहरु हिंसात्मक बन्दै गएका हुन् ।

राजधानी बगदाद सहित अन्य शहरहरुमा प्रहरी र प्रदर्शनकारीबीच दिनहुँजसो झडप भइरहेको छन् । प्रहरीसँगको झडपमा आइतबार दुईजनाको मृत्यु भएसँगै आन्दोलन थप चर्किएको छ । सरकारविरुद्ध भइरहेको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यासदेखि गोली प्रहार गरिरहेका छन् भने प्रदर्शनकारीहरुले पनि पेट्रोल बम प्रहार गरिरहेका छन् ।

यसैबीच प्रधानमन्त्री मुस्तफाले प्रदर्शन गर्न पाउने नागरिकहरुले अधिकार भएको र प्रहरीलाई प्रदर्शनकारीहरुमाथि गोली नचलाउ आग्रह गरेका छन् ।

प्रहरीले गोली चलाएको विषयमा अनुसन्धान गर्न र ३ दिनभित्र रिपोर्ट दिन प्रधानमन्त्री मुस्तफाको निर्देशन छ । गत वर्षपनि इराकमा भएको जनप्रदर्शनमा करिब ५ सय प्रदर्शनकारीको मृत्यु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);