बागलुङ,१३ साउन । अविरल वर्षाले बागलुङस्थित राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।
अविरल वर्षाले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको सडकमा ठूलो पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले बताएको छ ।
यही श्रावण ७ देखि ठाउँ ठाउँमा पहिरो झरेर लोकमार्ग अवरुद्ध बनेको छ । पहिरो सफा गरी एकतर्फी सवारी सन्चालनमा ल्याईएपनि निरन्तर रूपमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।