दाङ, ५ असोज । दाङमा एक व्यक्ति नहरमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।
दाङको लमही नगरपालिका–६ देउपुरस्थित अर्जुन खोलाको सिँचाइ आयोजना अन्तर्गतको नहरमा डुबेर बेवारिसे अवस्थामा सोही ठाउँ निवासी ६४ वर्षीय जोखन चौधरीको शव फेला परेको प्रहरीले जानकारी दिएको हो ।
स्थानीय बासिन्दाले पानीमा डुबेको अवस्थामा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको परीक्षणका लागि लमही अस्पताललगीएको प्रहरीले जानकारी दिएको छ ।