थप १ सय ९ जना कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

थप १ सय ९ जना कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार ४८३ पुग्यो

coronavirus test

काठमाडौं, १० साउन । शनिबार १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पतालमा ४ हजार ७५ पीसीआर परीक्षणमा १ सय ९ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ ।

शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत रहेका छन् ।

शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ रहेको छ । प्रदेश नम्बर १ मा ७ सय ७५, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९८, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

आज प्रदेश नम्बर १ मा २ हजार २ सय ९, प्रदेश नम्बर २ मा २ हजार ३ सय २, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार २ सय १६ जना क्वारेन्टीनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७ सय ७९, कर्णाली प्रदेशमा १ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ७६ जना गरी देशभरी १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षिया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो ।  यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);