काठमाडौं, ८ साउन । मुलुकभर बाढी, पहिरो र डुबानको प्रकोप छ। अविरल वर्षासँगै गएको पहिरो र डुबानले मुलुकको विभिन्न ठाउँको जनजीवन पूरै अस्तव्यस्त छ।
जेठ ३१ गतेपछि सय बढी मानिसको ज्यान जाँदा सयौं घाइते भएको र विस्थापित भएको अवस्थामा राहत तथा उद्दारमा सुरक्षा निकायहरूको उपस्थिति प्रशंसनीय छ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी प्राकृतिक विपत्तीजन्य घटनापछिको राहत उद्दारमा अग्रमोर्चामा खटिँदै आएका छन्। यसरी अग्रमोर्चामा खटिँने सुरक्षा निकायमध्ये नेपाली सेनाको राहत र उद्दारमा सहभागिताको केही तस्बिरहरू प्रस्तुत छ।